You are here

नेपालको सार्बजनिक प्रशासनका मामिलाहरू - अंक ५

Document Type

Category

Uploaded on

09/05/2019 - 15:11

Uploaded By

Shyan Kirat Rai

Description

प्रकाशनको बारेमा
सार्वजनिक प्रशासन गतिशिल हुन्छ । सामाजिक, राजनीतिक, आर्थिक तथा विश्व परिवेशमा आउने परिर्वतनले सार्वजनिक प्रशासनलाई गतिशिल बनाउँछ । नेपालको संविधान २०७२ जारी भएपछि नेपाल सार्वजनिक प्रशासनको नयाँ युगमा प्रवेश गरेको छ । एकात्मक राज्य व्यवस्थाबाट संघीय राज्य व्यवस्थामा रुपान्तरणको क्रममा रहेको नेपालको सार्वजनिक प्रशासनलाई नागरिकको विश्वास आर्जन गर्दै थप प्रभावकारी र नजितामुखी बनाउँनु आवश्यक छ । यसै क्रममा प्रतिष्ठानले सार्वजनिक प्रशासनको क्षमता अभिबृद्धि गर्न राजपत्रांिकत तृतीय श्रेणीका नवनियुक्त अधिकृतहरुको क्षमता विकासको लागि संचालन गर्दै आएको आधारभूत प्रशासन प्रशिक्षणमा प्रशिक्षार्थी अधिकृतहरुलाई नेपाली समाज र नागरिकलाई नजिकबाट बुझ्ने र उनीहरुको आकंक्षा अनुरुप गुणस्तरीय सेवा प्रदान गर्न अभिप्रेरित गर्ने उद्देश्य राखी सार्वजनिक प्रशासनका विभिन्न पक्षहरुमा अध्ययन अनुसन्धान गराउदैं
आएको छ । ती अध्ययनमा आधारित भएर तयार पारिएका लेखहरुलाई सम्पादन गरी प्रतिष्ठानले निरन्तर रुपमा सार्वजनिक प्रशासनका मामिलाहरुको संगालो प्रकाशन गरिरेहेको छ । नेपाल सरकारका नवनियुक्त प्रशिक्षार्थीे शाखा अधिकृतहरुले ३२ औँ आधारभूत प्रशासन प्रशिक्षणको क्रममा लेख्नु भएको नेपालका सार्वजनिक प्रशासनका मामिलाहरु अङ्क ५ सार्वजनिक प्रशासन भित्रका विभिन्न पक्षहरुलाई समेटी तयार पारिएको यथार्थ लेखहरुको संगालो हो । यसमा लेखकहरुले सार्वजनिक प्रशासनमा देखापर्ने घटनाहरुको तथ्यपरक चित्रण गर्नुका साथै यसमा रहेका समस्या समाधानका विकल्पहरु पनि प्रस्तुत गरेका छन् । यो अंकमा २२ वटा लेखहरु समेटिएका छन् जुन सार्वजनिक प्रशासनमा रुची राख्ने पाठकहरुलाई नेपालको सार्वजनिक प्रशासनको यथार्थलाई बुझ्नको निमित्त सहयोगी हुनेछ । लेखहरु तयार गर्ने लेखकहरुलाई व्यक्त गर्दछौ। लेखहरुको मूल्यांकन र छनौटमा भूमिका खेल्नु हुने समीक्षकहरु डा. रघु बिष्ट, शिवहरि अधिकारी, गिताञ्जली उपाध्याय, अनिता पौडेल, प्रतिभा ढुंगाना, शैलेन्द्र भट्ट, रोशनी भुजेल, प्रमोद निरौला तथा भाषा सम्पादन गर्नु हुने उत्तम आचार्यलाई धन्यवाद दिन चाहन्छौँ । यो प्रकाशनलाई आफ्ना अमूल्य सुझावहरु तथा उत्प्रेरणा प्रदान गर्नु हुने प्रतिष्ठानका कार्यकारी निर्देशक श्री पुण्यप्रसाद न्यौपाने, उपकार्यकारी निर्देशक खुमराज पुञ्जाली र वरिष्ठ अध्ययन निर्देशक श्री कमलनयन प्रधानलाई हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।
सम्पादक